कबड्डी ४ मा अभिनय गर्दै मिरुना
फरकधार / २४ चैत, २०७७

नेपाली कथानक चलचित्र ‘कबड्डी ४’को शीर्ष भूमिकाका लागि २ अभिनेत्री फाइनल भएका छन् । चलचित्रको शीर्ष भूमिकामा रहेर मिरुना मगर र गौमाया यात्रीले अभिनय गर्ने भएका छन् ।

चलचित्र निर्देशक रामबाबु गुरुङले मिरुना र गौमायालाई चलचित्रका लागि पक्का गरेको बताएका छन् । उनीहरुसँग ६ महिना अघिबाटै कुरा गरिरहेको गुरुङको भनाइ छ । अहिले मिरुना र गौमाया नेपालमा आएर चलचित्रको वर्कसपमा सहभागी भएका छन् ।

मिरुनाले यसअघि नै केही नेपाली चलचित्रमा काम गरिसकेकी छन् । गौमायाले भने अहिलेसम्म कुनै पनि चलचित्रमा अभिनय गरेकी छैनन् । गौमाया भ्लगर हुन् ।

चलचित्रमा अभिनेता दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले तथा जयनन्द लामाले यसअधि नै चलचित्रमा अभिनय गर्ने पक्का भइसकेको छ ।

कबड्डीको चौथो सिरिज घोषणा गरेका रामबाबुले यसलाई अन्तिम सिरिज भएको बताउँदै आएका छन् । वैशाखबाट चलचित्रको छायांकन सुरु गर्ने मनस्थितिमा रहेका रामबाबुले छायाङ्कनमा जानु अघि सबै कलाकारको पिसिआर परीक्षण गर्ने बताए ।

आगामी असोज १५ गतेलाई चलचित्रको रिलिज मिति पक्का गरिएको छ ।

  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १५:११:९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया