रीत मुहूर्तमा पूर्व खानेपानी मन्त्री विना मगर
फरकधार / २४ चैत, २०७७

लिम्बू भाषाको चलचित्र ‘रीत’ निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण गर्न लागेको चलचित्रको पूर्व खानेपानी मन्त्री विना मगरले हालै मुहूर्त गरिन् ।

फिल्ममा पूर्व राज्य मन्त्री श्रीप्रसाद जबेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भीम थेबे, उदय सुब्बा, असली वनेम, दिलीप योङहाङलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

ताप्लेजुङ, पाँचथर र इलाममा छायांकन हुने फिल्ममा मान तबेबुङ, अशोक राई र बिबि लिम्बूको संगीत रहेको छ ।

दिनेश लिङदेनको निर्देशन रहने फिल्ममा सागर केरुङको कथा, पटकथा र संवाद छ । फिल्ममा राम नेयोङ लिम्बू र सन्जिपकुमार लिङ्देनको लगानी रहनेछ भने विक्रम पयाङ्गु र धनराज खड्का सह–निर्माता छन् ।

मुहूर्तमा त्रिभुवन लुम्फुङवा, लोक आङबुहाङ, असली वनेम, हाङ चेम्जोङ, धनराज खडका र रुद्र पाहिमलाई सम्मान गरिएको थियो ।

  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १५:१६:९,   अन्तिम अपडेट : चैत २४, २०७७ मंगलबार १५:१९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया