पाँचाैँ संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपअन्तर्गत मंगलबार भएका पुरुषतर्फका खेलममा विभागीय टोली नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस् क्लब विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा मंगलबारको निकै प्रतिस्पर्धात्मक विभागीय डर्बीमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबमाथि ३–२ सेटको रोमाञ्चक जित हात पारेको हो ।
पुलिसले पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२३ आफ्नो पक्षमा पर्दा तेस्रो सेट २५–२० र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै एपिएफले खेललाई अन्तिम तथा पाँचौँ सेटसम्म पुर्याएको थियो ।
पाँचौँ सेट १५–१४ ले आफ्नो पक्षमा पर्दै पुलिसले रोमाञ्चक जित हात पार्यो ।
आजै भएको खेलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
हेल्प नेपालले पहिलो सेट २५–१७ दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।