दुई दिनदेखि वीरेन्द्रनगरमा बाक्लो तुवाँलो, घरबाहिर ननिस्कन आग्रह
फरकधार / २४ चैत, २०७७
मंगलबार दिउँसो ३ बजे देखिएको वीरेन्द्रनगरको वायू प्रदूषण ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यका दुई दिनदेखि आँखा पोल्ने तुवाँलोले ढाकिएको छ । आइतबारदेखि देखिएको तुवाँलो सोमबार र मंगलबारदेखि अत्यधिक मात्रामा बढिरहेको छ । तुवाँलोले वीरेन्द्रनगरको आकाश ढाकेको छ । 

काठमाडौँजस्तै वरिपरि डाँडा र बीचमा कचौरा आकारमा अवस्थित वीरेन्द्रनगरमा पछिल्ला केही दिनयता थुप्रै आगलागीका घटना भइरहेका छन् । लामो समयसम्म पानी नपर्नु, अव्यवस्थित रुपमा गरिएका निर्माणजन्य कार्यले उपत्यकाको वायु प्रदूषण बढ्दै गएको हो ।

वायु प्रदूषण अत्यधिक मात्रामा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरेको छ । सूचना जारी गर्दै प्रशासनले प्रदूषणको स्तर बढ्दै मानव स्वास्थ्यमा खतरा पुग्ने स्थिति भएकाले सचेत रहन आग्रह गरेको छ । प्रदूषणको प्रभाव विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीलाई देखिने भन्दै प्रशासनले सावधानीका उपाय अपनाउन आग्रह गरेको छ । 

विज्ञहरुका अनुसार सामान्यतया नेपालमा एयर क्वालिटी इन्डेक्स–एक्युआई ५० भन्दामाथि जानु खतराको संकेत हो । नेपालका मुख्य–मुख्य सहरमा त्यो संख्या अत्यधिक मात्रामा बढ्दै गएको छ । काठमाडौँजस्तै वीरेन्द्रनगरमा एयर क्वालिटी इन्डेक्स–एक्युआई झण्डै २ सयको हाराहारीमा पुगेको वातावरण विभागको अनुमान छ । 

  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १८:२७:२७,   अन्तिम अपडेट : चैत २४, २०७७ मंगलबार १९:२१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया