चिनियाँ खोप बुधबारदेखि २३ वटा अस्पतालबाट लगाइँदै (सूचीसहित)

चीनबाट अनुदानमा आएको कोरोना भाइरसविरुद्धको खोप बुधबारबाट लगाउन सुरु हुने भएको छ । सरकारले चीनबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउनका लागि देशभरका २३ अस्पताल तोकेको छ । 

स्वास्थ्य मन्त्रालयले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ वटा खोप केन्द्रबाट दिइने जानकारी दिएको छ।

मन्त्रालयका अनुसार खोप १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी लगायतलाई लगाइनेछ ।  

त्यसैगरी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी र व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि फलफूल तरकारीलगायतका व्यापारीलाई खोप लगाउन पाउनेछन् । 

यसअघि खोप लगाउने सूचीमा रहेका तर लगाउन छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरुले पनि तोकिएका अस्पताल तथा स्वास्थ्य संस्थामा गएर खोप लगाउन पाउनेछन् । खोप लगाउनका लागि प्रमाणित परिचयपत्र अनिवार्य गरिएको छ। 

यी अस्पतालमा लगाइन्छ चिनियाँ खोप



१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल
२. परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली
३. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
४. निजामती कर्मचारी अस्पताल, मिनभवन
५. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र कीर्तिपुर
६. नेपाल मेडिकल कलेज, अत्तरखेल
७. काठमाडौँ मेडिकल कलेज, सिनामंगल
८. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
९. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी
१०. वीरेन्द्र अस्पताल छाउनी
११. एपीएफ अस्पताल बलम्बु
१२. नेपाल प्रहरी अस्पताल पानी पोखरी
१३. ओम अस्पताल रिसर्च सेन्टर चाबहिल
१४. क्षेत्र पाटी निःशुल्क चिकित्सालय, क्षेत्र पाटी
१५. भक्तपुर अस्पताल, भक्तपुर
१६. नेपाल कोरिया मैत्री अस्पताल, ठिमी
१७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
१८. किस्ट मेडिकल कलेज, ललितपुर
१९. आनन्दवन अस्पताल, ललितपुर
२०. धुलिखेल अस्पताल, काभ्रे
२१. त्रिशुली अस्पताल, नुवाकोट
२२. बाह्रबिसे अस्पताल, सिन्धुपाल्चोक
२३. जिल्ला अस्पताल, रसुवा



  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १९:४४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया