माओवादी केन्द्रबाट निर्वाचित भएर एमालेको ओली पक्षमा लागेका सांसदहरुलाई माओवादी केन्द्रले पदमुक्त गर्ने प्रक्रिया थालेको छ ।
माओवादीले आफ्नो सांसद पद खोस्न लागेको भन्दै सहरी विकासमन्त्री प्रभु शाह आक्रोशित बनेका छन् ।
बुधबार बिहान फेसबुकमार्फत आफ्ना धारण राख्दै उनले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास र निरङ्कुशताको पराकाष्ठा बताएका हुन् ।
आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता र सहकार्य गर्ने, सरकारलाई समर्थन दिइरहने प्रचण्डले दुवै दलको संयुक्त मतबाट निर्वाचित भएको सांसदलाई पदमुक्त गर्न नैतिकताले नसुहाउने साहले बताएका छन् ।
‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नाङ्गै भएका छन्’ साहले आक्रोश पोखेका छन् ।
प्राविधिक र कानूनी आडमा सम्मानित जनताको प्रतिनिधिको रुपमा क्रियाशील सांसदको पदमाथि गर्नु जनभावना र लोकतन्त्र विपरीत रहेको साहले बताएका छन् ।
साह २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौटहतबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
#निर्वाचित_सांसदलाई_पदमुक्त_गर्ने_प्रचण्डको_कदम_निरंकुशताको_पराकाष्ठा जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त...
Posted by Prabhu Sah on Tuesday, April 6, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।