पाँचौं संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा भएको बुधबारको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।
पुलिसले प्रतिस्पर्धात्मक पहिलो सेट २६-२४, दोस्रो सेट २५-१७ र निकै रोमाञ्चक बनेको तेस्रो सेट २८-२६ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
आजै भएको दोस्रो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-१ को सेटमा पराजित गरेको छ ।
न्यु डायमन्डले पहिलो सेट २५-१७ र निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २६-२४ ले जित्दा तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पार्दै एपिएफले खेलमा फर्कने प्रयास गरेको थियो तर चौथो सेट २१-२५ ले जित्दै न्यु डाइमन्ड फाइनल प्रवेश गरेको हो ।
पुलिस र न्यु डायमन्डले उपाधिका लागि चैत २६ गते प्रतिस्पर्धा गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।