भेस्पाको ‘१०० कस्टुमर रिक्रियसन राइड’ सम्पन्न
फरकधार / २५ चैत, २०७७

भेस्पा ब्रान्डलाई थप परिचित गराउने उद्देश्यसहित भेस्पाका लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे बीचसम्म ‘१०० कस्टुमर रिक्रियसन राइड’ सम्पन्न गरेको छ ।

ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मियता बढाउन आयोजना गरिएको उक्त राइडमा युवाहरूको निकै आकर्षण देखिएको कम्पनीका उपाध्यक्ष विजय महतोले जनाएका छन् । उनका अनुसार ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरिएको हो ।

कम्पनीका अनुसार पछिल्लो समय प्रिमियम प्रडक्टप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको छ र प्रिमियम प्रडक्ट मन पराउने ग्राहकको पहिलो रोजाई नै भेस्पा रहेको छ । त्यस्तै, राइडमा सहभागी ग्राहकलाई विभिन्न समूहमा विभाजन गरी सुकुटे बीचमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो जसमा सहभागी सम्पूर्ण ग्राहकहरू निकै खुसी रहेका थिए ।

  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १६:४६:२६,   अन्तिम अपडेट : चैत २५, २०७७ बुधबार १६:४८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया