एमाले-माओवादीको एकताले देशभर उत्साह छाएको थियो, तर सर्वोच्चले विचित्रको फैसला गरिदियो

नेकपा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीको एकताले देशभर उत्साह छाएको, तर सर्वोच्च अदालतको विचित्रको फैसलाले एकता अमान्य गरिदिएको बताएका छन् । 

सल्यानको सल्लीबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले फागुन २३ गतेको सर्वोच्चले निवेदकले दाबी नै नगरेको विषयमा फैसला सुनाएको बताए। 

सर्वोच्चले फैसला जस्तो गरेपनि त्यसलाई मान्दिनँ भन्न नपाउने उनले बताए।  ‘बढीमा नाम अर्को बनाएर आऊ भन्ने फैसला आउला भन्ने लागेको थियो,’ उनले भने, ‘दुई दल बनाउने दाबी निवेदकको थिएन ।’

‘वाम एकताको लागि मैले गरेको प्रस्तावलाई देशभरबाट समर्थन थियो। मेरो सपना तीन वर्ष पनि जिवित हुन सकेन,’ उनले भने। 

एकताका सबै सहमति तोड्ने कार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आरोपसमेत उनले लगाए। जनता फेरि जागरुक हुनुपरेको समय आएको उनले बताए। जिल्लाका कार्यक्रममा सहभागी हुँदा ‘अघि बढ, हामी छौं’ भन्ने आशा जनताले जगाइदिएको उनले बताए।





  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १६:४५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया