पत्रकार महासंघ निर्वाचन : ९० प्रतिशतभन्दा बढी मतदान
राेल्पामा निर्वाचनकाे मतगणना सुरु गर्दै

नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको छ । बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो । 

देशभर ९७ वटा मतदान केन्द्र राखिएको थियो । महासंघको केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्लेले निर्वाचन उत्साहजनक तरिकाले सम्पन्न भएको जानकारी दिएका छन् । 

उनले केहीबेर अघि सामाजिक सञ्जालमार्फत देशभर ९० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान रहेको उल्लेख गरेका छन् । 

निर्वाचन सम्पन्न भएर केही स्थानमा भने मत गणना समेत सुरु भएको संयोजक काफ्लेले बताएका छन् । 





  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १८:३७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया