श्रीलंकन पुलिसविरुद्ध आर्मी ५-१ ले विजयी
फरकधार / २५ चैत, २०७७

त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफ प्रारम्भिक चरणको खेलमा श्रीलंकन पुलिस स्पोर्टस् क्लबबीरुद्ध ५-१ को सहज जित निकालेको छ । 

नेपालको एक मात्र एएफसी लाइसेन्स प्राप्त आर्मीले श्रीलंकन पुलिससँग बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा गरेको थियो । अपराह्न साढे ५ बजेबाट सुरु भएको खेलमा श्रीलंकन पुलिसका तर्फबाट २८ औं मिनेटमा इभान इसान्टेले गोल गर्दै खेलमा अग्रता लिएका थिए । 

खेलको ४१ औँ मिनेटमा सन्तोष तामाङले आर्मीका लागि बराबरी गोल फर्काए ।  खेलको ४३ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेपछि पहिलो हाफमा त्रिभुवन आर्मी  २-१ गोलको अग्रतामा थियो । 

दोस्रो हाफको ५० मिनेटमा आर्मीका लागि टंक बस्नेतले गोल गर्दै ३-१ को अवस्थामा खेललाई पुर्‍याएका थिए भने सुनील राईले ८४ ‌औं मिनेटमा गोल थप्दै आर्मीलाई ४-१ का स्थितिमा पुर्‍याए । नवयुग श्रेष्ठले पुन: अर्को गोल थपेपछि त्रिभुवन आर्मी ५-१ को फराकिलो अन्तरमा विजयी भएको हो । 

आजको खेल विजयी आर्मी दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ । भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले यही अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । सो खेलको विजेताले समूह चरणको समूह ‘डी’मा स्थान बनाउनेछ ।

  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १९:३८:१,   अन्तिम अपडेट : चैत २५, २०७७ बुधबार १९:३८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया