कोरोना साबधानी : काठमाडौं विश्वविद्यालयले स्थगित गर्यो भौतिक कक्षा

काठमाडौं विश्वविद्यालयमा कोरोना संक्रमण बढेको भन्दै भौतिक उपस्थितिमा पठनपाठन बन्द गरेको छ । 

विश्वविद्यालयले बुधबार एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण पुनः बढेकोले बिहीबारदेखि आगामी वैशाख मसान्तसम्म अनलाइनमार्फत पठनपाठन गराउने जनाएको छ । 

विश्वविद्यालयले बुधबार जारी गरेको सूचनामा भनिएको छ– विश्वव्यापी रुपमा पुनः फैलिएको कोरोना महामारी कोभिड–१९ को कारण विश्वविद्यालयमा उपस्थिति भई भौतिक रुपमा नियमित पठनपाठन गर्न कठिनाइ भएकोले यस असहज परिस्थितिमा क्षति न्यूनीकरण गर्दै लाने उद्देश्यले मिति २०७७ चैत्र २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म यस विश्वविद्यालय, स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङअन्तर्गतका सम्पूर्ण कार्यक्रमको पठनपाठन अनलाइनमार्फत गर्ने निर्णय गरिएको छ ।’

स्कुल तथा विभागीय प्रशासन भने सुचारु नै राख्ने र अनुसन्धान तथा प्रोजेक्टका कार्य सम्बन्धित प्रमुखहरुको निर्णयबमोजिम हुने सूचनामा जनाइएको छ । 





  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार २०:४७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया