पत्रकार महासंघ निर्वाचन : मतगणना जारी, कतै परिणाम
फरकधार / २६ चैत, २०७७

बुधबार भएको पत्रकार महासंघको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । थुप्रै जिल्लाका मत परिणाम आइसकेको छ । कतिपय जिल्लामा मत गणना भइरहेको छ । भने कतिपयमा अझै सुरु हुने सकेको छैन । 

काठमाडौं उपत्यकाभित्र मतदान भएका सबै मतपेटिका तिलगंगास्थित सञ्चारग्राममा लगेर मतगणना भइरहेको छ । पत्रकार महासंघको कार्यालय र प्रेस काउन्सिल नेपालको कार्यालयमा मतगणना भइरहेको छ । मतगणना स्थलमा रहेका पत्रकारहरुले दिएको जानकारी अनुसार अहिले जिल्ला र उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश लगायतको मत मतगणना भइरहेको छ ।

केन्द्रको मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी भइरहेको छ । 

  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार ७:२२:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया