ओलीको गृह जिल्लामा चौतारीका दुवै अध्यक्ष पराजित

पत्रकार महासंघको निर्वाचनमा प्रधानमन्त्री कोपी शर्मा ओलीको गृहजिल्ला झापामा एमाले निकट प्रेस चौतारीका दुवै समूहका अध्यक्ष पराजित भएका छन् ।  

अध्यक्षमा कांग्रेस सम्वद्ध प्रेस युनियनका एकराज गिरीले जित हात पारेका छन् ।  नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मिडिया नेपाल र स्वतन्त्र पत्रकारहरूको संयुक्त प्यानलले २० पदमध्ये १६ पदमा जित हात पारेका छन् । त्यहाँ ओली निकट प्रेस चौतारी र नेपाल निकट प्रेस चौतारीले छुट्टा(छुट्टै प्यालन बनाएका थिए ।

ओली निकट प्रेस चौतारीबाट विशाल नेम्वाङले र नेपाल–खनाल निकट प्रेस चौतारीबाट तीर्थ सिग्देलले अध्यक्षमा उम्मेदवारी दिएका थिए।

गिरीले १५५ मत ल्गाउँदा नेम्वाङले ७४ मत र सिग्देलले २६ मत ल्याए। 





  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार ९:३१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया