बागलुङमा १९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई ७ वर्षको कैद सजाय सुनाइएको छ।
। बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला अदालत बागलुङले बुधबार ७ वर्ष कैद सजाय हुने फैसला सुनाएको हो।
अदालतका जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले बलात्कार कसुर ठहर गर्दै ७ सजाय तोकेको हो।
साथै पीडित युवतीलाई ८० हजार रुपैयाँ जरिवाना समेत अदालतले तोकेको छ।
वन गत असार १७ गते ती युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो उनलाई प्रहरीले असार १८ गते नै पक्राउ गरेको थियो। प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो।
वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।