कवितात्मक शैलीमा धनराज गुरुङको प्रश्न : विदेशी प्रभुको खटन किन मान्छौँ ?
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता धनराज गुरुङले कवितात्मक शैलीमा नेताहरूमाथि व्यङ्ग्य गरेका छन् । सामाजिक सञ्जालमा स्टाटसमार्फत नेता गुरुङले नेताहरुलाई विदेशीहरुको इशारामा किन चलेको भन्दै प्रश्न गरेका छन् । 

नेता गुरुङले घरभित्रको आन्तरिक गतिविधिमा पनि विदेशीहरुको खटनपटन रहेको भन्दै किन मानेको भन्ने प्रश्न गरेका छन् । उनले आफैँलाई पनि प्रश्न गरेका छन्, 'विदेशी प्रभुको खटन किन मान्छौँ ?'

धनराज गुरुङ लेख्छन्, 
“विदेशी प्रभुको खटन“
विदेशी खुफिया पस्छ घरभित्र खुसुक्क !
उनैको खटनपटनमा हामी लुरुक्क !!
दन्कियो आगो राष्ट्रवादको छानामा !
हाम्रो झगडा ? भाग मिलेन खानामा !!
उस्तै छन् झगडीयाहरुको अनुहार !
सबैले उनैसँग माग्छन् गुहार !!
सार्वभौमसत्ता जनतामा भन्छौँ !
विदेशी प्रभुको खटन किन मान्छौँ ?!

 





  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार १२:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया