सफ्टवेरिका कलेजका चार सय विद्यार्थी दीक्षित

नेपालमा दस वर्षदेखि उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज आफ आइटी एनड इ-कमर्सको २०१९/२० को दीक्षान्त समारोह सम्पन्न भएको छ ।

बेलायतको कोभेन्ट्री विश्वविद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको सफ्टवारिका कलेजका कम्प्युटिङ विषयमा स्नातक गर्ने ४ सय विद्यार्थी दीक्षित भएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै ब्रिटिस राजदूतावासको इन्टरनेसनल ट्रेड विभागका प्रमुख सुवास थापाले सफ्टवेरिका कलेजले नेपालमै अन्तर्राष्ट्रिय डिग्री प्रदान गरेर नेपालको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए ।

कलेजले औपचारिक अध्यापनबाहेक सिस्को सर्टिफाइड कोर्स, सर्टिफाइड एथिकल ह्याकिंग कोर्स, आइबिएम कोर्स, फोर्टेनाइट एकेडेमी र अन्य आइटीसम्बन्धी पाठ्यक्रमका कक्षा समेत सञ्चालन गरिएको छ।





  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार १६:३९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया