बागलुङको एक फर्निचरमा भीषण आगलागी भएको छ । बागलुङ नगरपालिका–३ गुठीमा रहेको विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार राति २ बजेदेखि सुरु भएको आगलागी भएको अझै नियन्त्रणमा लिन सकिएको छैन।
आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग खटिइरहेको छ । फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेर नष्ट भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।