भारतमा दिनदिनै कोरोनाको नयाँ रेकर्ड, सक्रिय संक्रमित साढे ११ लाख
फाइल फोटो

छिमेकी मुलुक भारतमा दिनदिनै कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भइरहेको छ । पछिल्ला २४ घण्टामा भारतमा कोरोना महामारी सुरु भएयताकै धेरै संक्रमित थपिएका छन् । 

भारतीय मिडियामा आएका खबर अनुसार २४ घण्टामा भारतमा १ लाख ५२ हजार ५६५ नयाँ संक्रमित थपिएका छन् । 

यसै समयका ९० हजार ३२८ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या ८३८ छन् । 

अहिले सक्रिय संक्रमित ११ लाख ५२ हजार ७० पुगेको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । 

भारतमा हालसम्म जम्मा संक्रमितको संख्या १ करोड ३३ लाख ५५ हजारभन्दा धेरैमा संक्रमण देखिइसकेको छ ।  कोरोनाबाट मृत्यु  हुनेको संख्या करिब १ लाख ७० हजार छ । 





  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार ९:४३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया