लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपा एमालेका नेता शंकर पोखरेलले सांसद पदसहित माओवादी केन्द्र त्यागेर एमालेमा किन आए भन्दै प्रश्न गरेका छन् । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले केन्द्र तथा विभिन्न प्रदेशहरूमा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका सांसदहरुले आफ्नो पदसमेत त्यागेर किन एमालेमा प्रवेश गर्दैछन् भनेर प्रश्न गरेका हुन् ।
अहिले एमालेमा लागेको अवस्थामा आफ्नो सांसद पद जाने खतरा रहँदा समेत नेताहरु माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गर्नु अवसरका लागि नभएको पनि पोखरेलले लेखेका छन् । पोखरेलले एमाले अवसर नभएर भविष्य भएको पार्टी भएको बताएका छन् ।
पोखरेलको प्रश्न छ, 'प्रदेश २ मा ४ जना प्रदेश सभासदले माओवादी किन छोडे ? सुपमा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजे ?'
मुख्यमन्त्री पोखरेलले आफूले सोधेको प्रश्नको जवाफ पनि दिएका छन् । उनले अहिले माओवादी त्यागेर एमालेमा प्रवेश गरेकाहरूका लागि अवसरभन्दा भविष्य प्रमुख बनेको बताए ।
प्रदेश २मा ४जना प्रदेश सभासदले माओवादी किन छोडे? सुपमा मन्त्रीले राजिनामा दिएर एमाले किन रोजे? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो।
Posted by Shankar Pokhrel on Saturday, April 10, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।