कांग्रेसको प्रस्तावमा निर्णय लिन जसपा पदाधिकारी बैठक

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नयाँ सत्ता समीकरणका लागि गरेको प्रस्तावलाई लिएर जनता समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक अहिले बालकुमारीमा बसिरहेको छ।

कांग्रेसले सत्ता सहकार्यका लागि गरेको प्रस्तावलाई लिएर एक मत बनाउन जसपा पदाधिकारी बैठक बसेको हो। बैठकमा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राईसहितका नेताहरु सहभागी छन्।

आजको बैठकमा यादव र भट्टराईले ठाकुरमाथि कांग्रेससँग मिल्ने दबाब बढाउने भएका छन्। तर ठाकुर भने केपी शर्मा ओली नेतृत्वकै सरकारसँग सहकार्य गर्ने कुरामा अड्डी कसेर बसेका छन्। 
 





  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १६:६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया