अनेरास्ववियु इलामले अन्तर्राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता गर्ने

अनेरास्ववियु इलामको आयोजनामा अन्तर्राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता गर्ने भएको छ । सहिद रत्नकुमार वान्तावाको ७० औँ जन्मजयन्ती तथा ४३ औँ स्मृति दिवसको अवसरमा ‘बौद्धिक पलायनका कारण र समाधानका उपायहरु’ शीर्षकमा अन्तर्राष्ट्रियस्तरको निबन्ध लेखन प्रतियोगिता गर्ने भएको हो ।

निबन्ध प्रतियोगिताले बौद्धिक युवा जमातको विदेश पलायनलाई मुख्य बहसका रुपमा अगाडि बढाएको आयोजक अनेरास्ववियु जिल्ला कमिटी इलामका संयोजक मिलन खत्रीले जानकारी दिए । 

निबन्ध प्रतियोगितामा संसारका जुनसुकै मुलुकहरूबाट भाग लिन सकिनेछ । निबन्ध लेखनमा नेपाली र अंग्रेजी दुवै भाषामा निबन्ध लेख्न सकिनेछ । निबन्ध प्रत्यक्ष वा इमेलमार्फत पठाउन सकिनेछ । प्रतियोगितामा सहभागी हुनेले एक महिनाभित्र अर्थात् २०७८ वैशाख २९ गतेसम्ममा निबन्ध आयोजकलाई उपलब्ध गराउनुपर्नेछ । 

उपलब्ध निबन्धहरूलाई विज्ञहरूबाट मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कारको राशि ३५ हजार ८ सय नेपाली अर्थात् ३ सय डलर रहेको छ। प्रतियोगितामा द्वितीय हुनेले २३ हजार ८ सय अर्थात् २ सय डलर र तृतीय हुनेले ११ हजार ९ सय अर्थात् १ सय डलर प्राप्त गर्नेछ । छनौटमा परेका उत्कृष्ट निबन्धहरूलाई अनेरास्ववियुले पुस्तकमार्फत प्रकाशन गरिनेछ । 
 

प्रतियोगिताका नियमहरु निम्नानुसार रहेका छन् : 
निबन्ध घटीमा २५०० शब्ददेखि बढीमा ३५०० शब्दको हुनुपर्नेछ ।
निबन्ध सक्कल र यस अघि प्रकाशित नभएको हुनुपर्नेछ ।
निबन्धका हरफहरू अरु कुनै लेखहरूसँग हुबहु मेल नखाने गरिको हुनुपर्नेछ ।
निबन्धमा कुनै पनि जाति, धर्म, सम्प्रदाय, लिङ्ग, राष्ट्रलाई आक्षेप लगाउन पाउने छैन ।
सहभागीले आफ्नो व्यक्तिगत विवरण : नाम, थर, ठेगाना, उमेर, पेसा, सम्पर्क नम्बर अनिवार्य खुलाउनु पर्नेछ ।





  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १८:२०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया