दुई धारमा जसपा : भएन बैठकमा निर्णय

जनता समाजवादी पार्टीभित्र स्पष्ट दुई मत देखिएका छन् । अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतो लगायतका नेता प्रधानमन्त्रीसँग सत्ता साझेदारी गर्ने पक्षमा देखिएका छन् भने उपेन्द्र यादव बाबुराम भट्टराई लगायतका नेताहरु सरकारविरुद्ध मोर्चाबन्दीमा उभिएका छन् । 

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच शुक्रबार बुढानिलकण्ठमा भएको वार्तापछि प्रधानमन्त्रीविरुद्ध उभिन जसपामा दबाब बढेको हो । 

यसै विषयमा आइतबार काठमाडौँमा उपलब्ध पदाधिकारीले छलफल गरेका हुन् । 

प्रधानमन्त्री केपी ओलीविरुद्ध उभिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दबाब बढाएपछि जनता समाजवादी पार्टीले छलफल थालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३/४ दिन अझै चल्ने बताए । ‘अहिले नै कुनै निष्कर्षमा हामी पुगिसकेका छैनौं’, उनले भने, ‘तर, जसमा ओली सरकारविरुद्ध उभिनेका शंका नगर्नु भए हुन्छ ।’





  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १९:०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया