जनमत पार्टीको अध्यक्षमा सिके राउत सर्वसम्मत
फाइल तस्बिर

विखण्डनकारी राजनीतिबाट मूलधारमा आएका डा. सिके राउत जनमत पार्टीको अध्यक्ष चुनिएका छन् । राउत निर्विरोध अध्यक्ष चुनिएका हुन् । 

गएको शनिबार महाधिवेशन सुरू भएको जनमत पार्टीको अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको छ । निर्वाचनको मत परिणाम आज सोमबार बिहान आएको छ ।

जनमत पार्टीको पहिलोपटक भएको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसवाह विजयी भएका छन् । महासचिवमा यसअघि नै चन्दन सिंह निर्विरोध चयन भइसकेका छन् । 

जनमत पार्टीले अहिले २५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाएको छ । जसमा २३ जना सदस्यका लागि निर्वाचन भएको थियो । कार्यसमितिमा ८ जना महिला पनि सदस्य बनेका छन् । 

जनमत पार्टीको केन्द्रीय समिति चयन गर्नका लागि ४ हजार ५०० प्रतिनिधिले मतदान गरेका थिए ।





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १०:५७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया