फलामले थ्रि-फेज लाइन छुँदा दम्पतीको ज्यान गयो

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ । 

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिनलाई रहेको मकवानपुर प्रहरीले जनाएको छ । 

दम्पतीले घरमा रहेको तारलाई फलामको डन्डिले उठाउन खोज्दा थ्री फेस लाइनमा फलामले छुन पुगी करेन्ट लागेको थियो । दुवैजनालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुवैजनाको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए । 





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार ११:१७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया