आज बस्ने तय भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएपछि बैठक स्थगित भएको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठक स्थगित भएको र अर्को बैठक कहिले बोलाउने भन्नेबारे निर्णय भइनसकेको जानकारी दिए ।
आज बस्ने केन्द्रीय समितिको बैठकमा क्रियाशील सदस्यता समाधान, महाधिवेशन कार्यतालिका संशोधन लगायतका विषय समेटिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।