मलाई तिमी मन पर्‍यो भन्दै आए उदेश

गायक उदेश श्रेष्ठ नयाँ गीत लिएर बजारमा आएका छन् । राजधानीको क्युज सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै उनले ‘मलाई तिमी मन पर्‍यो’बोलको गीत सार्वजनिक गरेका हुन् ।

अर्जुन पासवानले लेखेको गीतमा उदेशकै संगीत सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

छेवाङ्ग लामाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा गायक उदेशले नै अभिनय गरेका छन् । माङ्गसा लिम्बू, सञ्जल भण्डारी र प्रिया लिम्बूले उदेशलाई अभिनयमा साथ दिएका छन् । उदेशको ‘मलाई तिमी मन पर्‍यो’ वरिष्ठ गायक प्रेमध्वज प्रधानले सार्वजनिक गरेका हुन् । उदेशको गीत सार्वजनिक गर्दै प्रधानले उनलाई गीत/संगीतमा निरन्तरता दिन आग्रह गरे ।

प्रेमध्वज प्रधानको सम्मानमा गायक उदेशले उनका केही सफल गीतहरू गाएर सुनाएका थिए । उनले लाइभ ब्यान्डसँग ‘तारा मात्र होइन तिमीलाई’, ‘घुम्तीमा नआउ है’ गीत गाएका थिए ।

 





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १२:१४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया