लोककथा सङग्रह ‘साधनको रुख’ प्रकाशित

मानव इर्ष्यालु प्राणी हो । इर्ष्या गर्न छोडेको दिन ऊ नरबाट नारायण बन्छ । तर, त्यही इर्ष्याले उसलाई नरबाट बानर बनाइरहेको छ । ऊ आफ्नो घर त बनाउँदैन, बनाउँदैन, भए गरेको अरू घर पनि भत्काउँछ । 

‘भिरबाट हामफाल्ने दाजुभाइ’ कथाले तिनै इर्ष्यालु दाजुभाइको कथालाई समेटेको छ । इर्ष्याकै कारण दुवै दाजु–भाइको ज्यान गएको कथासहित ६ वटा बाल कथाको संग्रह हो ‘साधनको रुख’ । जसलाई कथालयले बजारमा ल्याएको छ ।

लेखक दुर्गा ढेँगाको ‘साधनको रुख’ मा ‘कुखुरा चोरको दशा’, ‘एक गेडा चामलको भात’ लगायत ६ वटा कथा छन् ।

‘एक गेडा चामलको भात’ कथामा मान्छेलाई अनिकाल कसरी पर्न गएछ भन्ने सन्दर्भको लोककथा छ । यस कथा संग्रहका चित्राङ्कनकर्ता यज्जु मानन्धर हुन् । 





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १२:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया