पार्टीलाई आफ्नो गुटको नियन्त्रणमा राख्न ओलीले माओवादी केन्द्रसँग एकता गरेको खनाल-नेपाल समूहको निष्कर्ष (दस्ताबेज सहित)

नेकपा एमालेको माधव-झलनाथ पक्षले आफ्नो तर्फबाट छुट्टै राजनीतिक प्रस्ताव तयार पारेको छ । गएको चैत्र ४ र ५ गते काठमाडौंमा सम्पन्न खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटीका तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपालद्वारा प्रस्तुत तथा भेलाबाट पारित राजनीतिक प्रस्ताव तयार पारेको हो ।

यो समूहको प्रस्तावमा ओलीले पार्टी र आन्दोलनलाई विभाजन र विघटनको दिशातर्फ धकेल्दै लगेको गम्भीर अवस्थाबारे उल्लेख गरिएको छ। पार्टीमा विकसित अवस्थालाई यो पक्षले असाधारण परिस्थितिका रुपमा व्याख्या गरेको छ । भेलामा आएका सुझावलाई समेटेर तल्लो कमिटीमा बाँड्न तयार पारेको दस्ताबेज फरकधारलाई प्राप्त भएको छ । उक्त दस्तावेजमा ओली पार्टी र राजकीय सत्तामा आएपछि दक्षिणपन्थी बाटो समातेको जिकिर गरिएको छ।

'यो मुलुकको सामाजिक आर्थिक व्यवस्थाले नै काँचुली फेर्ने, समृद्धि र समाजवादको जग बसाल्ने जस्तो ऐतिहासिक महत्त्वको जिम्मेवारी सम्पन्न गर्ने र विश्व कम्युनिष्ट तथा समाजवादी आन्दोलनमै एउटा उदाहरण प्रस्तुत गर्ने सम्भावना भएको अवसर थियो । कमरेड केपी ओलीले पार्टीमा लामो समय गुटबन्दी गर्नुभयो । गुटबन्दीबाट पार्टीलाई जोगाउन उहाँका कतिपय नाजायज मागहरू पनि पार्टीले पूरा गर्दै आयो', दस्ताबेजमा भनिएको छ, 'त्यसक्रममा उहाँ पार्टी अध्यक्ष भएपछि उहाँको व्यक्तिवादी तथा अवसरवादी चरित्र अझै बलियो भयो । गत निर्वाचनपछि उहाँ प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष भएपछि त्यो व्यक्तिवादी तथा अवसरवादी चरित्रले मूलतः दक्षिणपन्थी बाटो लियो र अन्ततः पार्टी र आन्दोलनलाई विसर्जन गर्ने दिशामा अगाडि बढ्यो ।'

पार्टी पङ्क्ति र जनसमुदायका नजरमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकता मुलुकलाई समृद्धि र समाजवादतर्फ अगाडि बढाउनका लागि ऐतिहासिक आधार भए पनि ओली त्यसविपरीत हिँडेको दस्तावेजको निष्कर्ष छ । पार्टी अध्यक्ष ओलीले केवल आफ्नो नेतृत्व र व्यक्तिगत पकड कसिलो बनाउन बहुमतको बलियो सरकार बनाउने र सम्पूर्ण पार्टीलाई आफ्नो गुटको नियन्त्रणमा राख्न मात्रै माओवादी केन्द्रसँग एकता गरेको पनि दस्तावेजमा आरोप लगाइएको छ।

(दस्तावेजको पूर्ण पाठ)



 



  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १५:२२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया