नेकपा एमालेका युवानेता योगेश भट्टराईले सबैले आफ्नो गल्ती सच्याएर आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्न पार्टीका नेताहरुलाई आग्रह गरेका छन् ।
सोमबार ‘आलोचना र आत्मालोचना बारे’ सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सर्वप्रथम ०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गर्नुपर्ने बताएका छन् ।
त्यसपछि २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गरी सो बैठकमा कसैले कसैमाथि षड्यन्त्र र छलछाम नगरी खुलस्त छलफल गर्न उनले आह्वान गरेका छन् ।
आफूबाट भएका गल्तीलाई सबैले दिलबाट स्वीकार गरेर पार्टीलाई विधिसम्मत रुपमा सञ्चालन गर्न सबै तयार हुनुपर्ने उनको भनाइ छ ।
त्यसपछि महाधिवेशन र सबै तहका अधिवेशन आयोजना गरेर स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यासबाट आएको परिणाम सबैले स्वीकार गर्न उनले सुझाब दिएका छन् ।
उनले भनेका छन्, ‘आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खाऊँ । जमिनमा टेकौँ र जनतातर्फ फर्कौं । यसैमा छ सबैको भलो ।’
आलोचना र आत्मालोचना बारे - पहिला २०७७ फागुन २३ गतेको सर्बोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरौ । त्यसपछि २०७५ जेष्ठ...
Posted by Yogesh Bhattarai on Monday, April 12, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।