स्वास्थ्य मापदण्ड पालनाका लागि उपप्रधान, स्वास्थ्य र सञ्चारमन्त्रीको अपिल

चीनको वुहानबाट सुरु भएर विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर नेपालमा पनि भित्रन सुरु भएसँगै सरकारले नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने भएको छ । 

सार्वजनिक स्थान, व्यक्ति र संस्था तथा सम्पूर्ण देशवासीका लागि स्वास्थ्य सुरक्षा मापदण्ड ल्याउने सरकारले तयारी गरेको हो । यससँगै सरकारले उक्त मापदण्ड पालना गरी कोरोना नियन्त्रणमा सहयोग गर्नका लागि देशवासीका नाममा अपिल गर्ने भएको छ । 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि शिक्षा, व्यापार र मनोरञ्जनलगायतका कुनैपनि क्षेत्रलाई बन्द नगर्ने तर ती क्षेत्रमा नयाँ स्वास्थ्य मापदण्ड लागु गर्ने निर्णय गरेको थियो । 

सोही निर्णयअनुसार सरकारले नयाँ स्वास्थ्य मापदण्डको विषयमा जानकारी दिन र पालनाका लागि अपिल गर्न आज सरकारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सञ्चारमाध्यम मार्फत अपिल गर्ने भएका छन् । 

हिजोको मन्त्रिपरिषद बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो प्रस्तावमाथि छलफल भएको थियो । सिसिएमसीले शैक्षिक संस्थाहरु तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो ।

उपप्रधानमन्त्री एवं सिसिएमसी संयोजक पोखरेलले सरकारको तर्फबाट अपिल गर्ने भएका हुन् । उनीसँगै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले पनि देशवासीलाई मापदण्ड पालनाको लागि संयुक्त रुपमा अपील गर्नेछन् ।





  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १०:४५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया