आणविक स्टेसनको प्रदूषित पानी समुद्रमा छाड्ने जापानको तयारी

जापानले आणविक स्टेसनबाट उत्पादन भएको १० लाख टन प्रदूषित पानी समुद्रमा छाड्ने तयारी गरेको छ । फुकुसिमा आणविक स्टेसनबाट निस्किएको १० लाख टन प्रदूषित पानी समुद्रमा छाड्न लागिएको हो । 

सञ्चालनमा नरहेको करिब १ दशकपछि जापानले फुकुसिमा आणविक स्टेसनमा जम्मा भएको प्रदूषित पानी समुद्रमा फाल्नका लागि निर्णय गरिसकेको अधिकारीहरुले जनाएका छन् । प्रदुषित पानीलाई प्रशोधन गरेर समुद्रमा फाल्ने जापानको तयारी छ । 

क्षतिग्रस्त फुकुसिमा आणविक स्टेसनमा जम्मा भएको पानी अबको दुई वर्षमा समुद्रमा छोड्ने क्रम सुरू हुने र सबै पानी समुद्रमा फाल्न एक दशक लाग्न सक्ने अधिकारीहरुले बताएका समाचार संस्था रोयटर्सले लेखेको छ । समुद्रमा फाल्नुअघि उक्त पानीमा भएका हानिकारक कुराहरूलाई नष्ट गर्न फेरि फिल्टर गर्नुपर्ने भएकाले लामो समय लाग्ने भएको हो । 

यसअघि, सन् २०११ को सुनामीले फुकुसिमा आणविक प्लान्टमा क्षति पुगेको थियो । त्यसयता प्लान्टमा १२ लाख ५० हजार टन पानी जम्मा भएको छ । आणविक प्लान्टको पानी समुद्रमा फाल्ने जापान सरकारको निर्णयले माछा मार्ने स्थानीय समुदाय र छिमेकी दक्षिण कोरियालाई भने चिढ्याउने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १२:४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया