काठमाडौंसहित देशका ठूला सहरमा एक महिना स्कुल बन्द गर्न सिफारिस
फाइल फोटो

कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै काठमाडौं उपत्यका लगायत देशका ठूला सहरका विद्यालय बन्द गर्न सिफरिस गरिएको छ । 

काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा लगायत सहरका विद्यालयहरु एक महिना बन्द गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सिफारिस गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) समक्ष विद्यालय बन्दको निर्णयका लागि सिफारिस गरेको छ । 

कोरोना संक्रमण बढ्दै गएको र त्यसको चेनब्रेक गर्नका लागि विद्यालय बन्द गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको गौतमले बताए। 

सीसीएमसीले मन्त्रिपरिषदलाई सिफारिस गरेपछि मन्त्रिपरिषद् निर्णयबाट विद्यालय बन्दको निर्णय कार्यान्वयनमा आउँछ । 





  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १४:१७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया