अल टाइम हाई रेकर्ड बनाउँदै नेप्सेले बिदा गर्‍यो वर्ष २०७७

पछिल्लो केही समय यता सेयर बजारले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । दैनिक रूपमा बढ्दो क्रममा रहेको बजार साताको तेस्रो दिन मंगलबार नयाँ उचाइमा पुगेको छ । 

वर्षको अन्तिम कारोबारको दिन मंगलबार नेप्से परिसूचक २७ बिन्दु पार गरेको छ । यस दिन नेप्सेले नयाँ रेकर्ड कायम गर्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । अलटाइम हाइ रेकर्ड बनाउँदै नेप्सेले २०७७ साललाई बिदाइ गरेको छ । 

सोमबार २६९१.५५ बिन्दुमा बन्द भएको नेप्सेले परिसूचक यस दिन भने २७ बिन्दु पार गरेको छ । २३.२३ अंकले वृद्धि भई यस दिन नेप्से परिसूचक २७१४.७९ बिन्दुमा पुगी बजार बन्द भएको हो । 

नेप्से परिसूचक बढेसँगै बजारमा राम्रा तथा ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन सेन्सेटिभ सेन्सेटिभ इन्डेक्स ३.७८ अंकले वृद्धि भई ४८६.२८ बिन्दुमा बन्द भएको छ । यो १.२५ प्रतिशतको वृद्धि हो ।

समग्र नेप्से परिसूचक बढे पनि यस दिन कारोबार रकममा भने कमी आएको छ । अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम घटेको नेप्सेले देखाएको हो ।

सोमबार बजारमा २१६ कम्पनीको ८० हजार ९५९ पटकको कारोबारमा ७ अर्ब ६१ करोड ८ लाख २८ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख २१ हजार कित्ता सेयर खरिद-बिक्री भएको थियो । जब कि मंगलबार २०९ कम्पनीको १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता सेयर कुल ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँमा खरिद-बिक्री भएको छ । 



यस दिन विकास बैंक र वाणिज्य बैंकहरूमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । मंगलबार विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ३.४१ अंकले बढेको छ भने बैकिङ उपसमूहको सूचक पनि २.३ प्रतिशतले बढेको छ ।

हकप्रदको हल्लाका कारण विकास बैंकका सेयर मूल्य बढेको हो । पछिल्लो समय बजारमा विभिन्न विकास बैंकका हल्लाहरू चल्न थालेका छन् । सोही हल्लाका कारण अहिले यस उपसमूहको परिसूचकमा उत्साह देखिएको जानकारहरू बताउँछन् । त्यसैले, यस्ता हल्लाहरूको पछि नलागी कारोबार गर्न उनीहरू सुझाव दिन्छन् । कारोबारमा आएका १३ उपसमूहमा ६ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ ।



मंगलबार पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन एनआईसी एसिया लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशत बढेको छ भने माउन्टेन इनर्जीको ९.८९ प्रतिशत, ज्योति लाइफको ९.८३ प्रतिशत, सिन्धु विकास बैंकको ९.८२ प्रतिशत र छ्याङ्दी हाइड्रोको ९.८० प्रतिशतले मूल्य बढेको छ ।

यता लघुवित्त कम्पनीको सेयर मूल्यमा भने करेक्सन देखिएको छ । यस दिन ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ४.२७ प्रतिशतले घटेको छ भने लक्ष्मी लघुवित्तको ४.२७ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको ३.५६ प्रतिशत, इन्फिनिटी लघुवित्तको ३.४७ प्रतिशत र श्री इन्भेस्टमेन्ट फाइनान्सको ३.३८ प्रतिशतले मूल्य घटेको छ ।

  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १६:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया