विश्वासको मत लिँदै मुख्यमन्त्री शाही, प्रदेशसभामा पठाए पत्र
फाइल तस्बिर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । सत्ता सहयात्री नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेकाले उनले विश्वासको मत लिन लागेका हुन् । 

जसका लागि मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गरेका छन् । प्रदेशसभा सचिवालयमा शाहीले हिजो विश्वासको मत लिने पत्र दर्ता गराएका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार वैशाख ३ गते बस्ने प्रदेशसभा बैठकमा सबैभन्दा पहिले सरकारले सदन नचलेको समयमा ल्याएका अध्यादेश मन्त्रीले टेबल गर्नेछन् ।

तत्पश्चात दलका नेताहरुको सम्बोधन हुनेछ भने अन्तिममा मत विभाजन प्रणाली अनुसार विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ ।

कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालले शाहीलाई प्रतिस्थापन गरेर आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि गृहकार्य गरिरहेको छ ।





  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १०:४१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया