जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकी सरकार धरापमा, यस्तो छ अंकगणित
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ।

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । यो सँगै गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेको छ । 

चित्रबहादुर केसीको नेतृत्वमा रहेको जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । अध्यक्ष केसीले बुधबार एक वक्तव्य जारी गरी समर्थन फिर्ता लिइएको जानकारी गराएका छन्।

‘केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशहरूमा नेकपा र पछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेका सरकारलाई दिएको समर्थन कायमै राखेका थियौँ, त्यसको अर्थ हामीले वामपन्थीको सरकारमा जोड दिएका हौँ,’ केसीद्वारा जारी वक्तव्यमा भनिएको छ ।

गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरेको र त्यसले प्रतिगमनलाई मद्दत पु¥याउने भएकाले समर्थन फिर्ता लिने निर्णय भएको केसीले जनाएका छन् ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ, त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ ।’

यस्तो छ अंक गणित

गण्डकी प्रदेशसभामा राजमोका ३ प्रदेशसभा सदस्य छन् । गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । सरकारलाई मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को साथ छ ।



यस्तो अवस्थामा ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि थप तीन सांसद आवश्यक पर्छ  । तीनजना सदस्य रहेको जनमोर्चाले आफूलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री गुरुङको सरकार धरापमा परेको हो। 

कांग्रेसका १५, माओवादी केन्द्रका १२ र जसपाका दुई सांसद छन् । नयाँ सरकार बनाउन उनीहरूलाई जनमोर्चाले साथ दिँदा बहुमत पुग्छ  



  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १२:२६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया