गुल्मी जिल्ला प्रशासन कार्यालयका कर्मचारी चढेको जिप दुर्घटना, २ जनाको मृत्यु

जिल्ला प्रशासन कार्यलय गुल्मीका कर्मचारी चढेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परी २ जनाको ज्यान जानुका साथै केही घाइते भएका छन् । 

जिप्रका गुल्मीका कर्मचारीहरु लु १ च १६५५ नम्वरको जिपमा चढेर भएको छ । प्यूठानको प्रख्यात तीर्थस्थल स्वर्गद्वारी भ्रमणका लागि जाँदै थिए ।
बुधबार बिहान मन्दिर नजिकैको रुमाले भन्ने ठाउँमा जिप दुर्घटना भएको हो । 

प्रहरीका अनुसार २ जनाको घटनास्थलमै ज्यान गएको छ । जिपमा १५ जना सवार थिए ।  

घटनास्थलमा स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना परिचालन गरिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । 

केही कर्मचारीहरु आफ्ना बच्चा सहित स्वर्गद्वारी घुम्न गएको खबर आफूले बिहान मात्र पाएको गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी गराइन् । 





  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १२:४९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया