ब्रिफकेस जस्तो ल्यापटप : पानासोनिकले ल्यायो टफबुक एफजेड-५५
तीन फिट गहिरो पानीमा पनि चल्ने, ४० घण्टाको ब्याट्री ब्याकअप

पानासोनिक आफ्नो टफबुक एफजेड-५५ बजारमा ल्याएको छ। कम्पनीका अनुसार यो सेमी रग्ड नोटबुक हो। यो दमदार एक्सापान्डेबल ब्याट्री लाइफसहित आएको छ। यसमा ४० घण्टासम्मको ब्याट्री व्याकअप मिल्नेछ। यस ल्यापटप आठौं जेनेरेसनको इन्टेल कोर प्रोसेसर, ३२ जिबी र्‍याम र १ टेराबाइट एसएसडी स्टोरेज दिइएको छ।

ल्यापटपमा युएसबी पावर सप्लाइसहित टचस्क्रिन सपोर्ट अप्सन पनि दिइएको छ। यसको डिजाइन कुनै ब्रिफकेस जस्तै गरिएको छ। अर्थात् यसलाई बन्द गरेर ह्यान्डलमा समातेर कहीँ पनि लान सकिन्छ।

हाल भारतीय बजारमा आएको यो ल्यापटपको मूल्य त्यहाँ भारु एक लाख ४९ हजार रहेको छ। ग्राहकले यसलाई पानासोनिकको आधिकारिक स्टोरबाट किन्‍न सक्छन्। कम्पनीले यसलाई गत साल २९ सेप्टेम्बरमा विश्वभर लन्च गरेको थियो। 

पानासोनिक टफबुक एफजेड-55 को स्पेसिफिकेसन

ल्यापटप विन्डोज १० प्रो अपरेटिङ सिस्टममा यो चल्छ। यसमा १४ इन्चको फुल एचडी डिस्प्ले दिइएको छ। जुन १६ : ९ को आसप्याक्ट रेसियोसहित आउँछ। स्क्रिनमा अप्शन १० पोइन्ट टच सपोर्ट मिल्छ।

यसमा इन्टेलको आई७-८६६५यु भी प्रो प्रोसेसरसहित ८ जिबी, १६ जिबी र ३२ जिबी र्‍याम पनि राखिएको छ। यसमा २५६ जिबी, ५१२ जिबी र १ टिबी एसएसडी स्टोरेज उपलब्ध गरिएको छ।



भिडियो च्याटिङका लागि यसमा २ मेगापिक्सलको वेबक्याम पनि राखिएको छ। जुन इन्फ्रारेड सेन्सर र प्राइभेटसहित आएको छ।

कनेक्टिभिटीका लागि यसमा युएसबी ३.१ जेनेरेशनको १  पोर्ट, रग्ड युएसबी २.०, एचडिएमआई, सिरियल, भिजिए र ल्यान पोर्ट दिइएको छ। यसमा माइक्रो एसडिएक्ससी कार्ड स्लट र डिभिडी, ब्लु रे ड्राइभ पनि दिइएको छ। यसमा वाईफाई र ब्लूटूथ भी५.० सपोर्ट राखिएको छ।



टफबुकमा चार माइक्रोफोन र स्टेरियो स्पीकर छ। यो वेब र एआईडीआई प्ले ब्याक र इन्टेल हाई डेफिनेशन अडियो सिस्टमसहित आएको छ। ल्यापटप आईपी५३ सर्टिफाइड हो। यसलाई ३ फिट गहिरो पानीमा पनि प्रयोग गर्न सकिन्छ।

पानासोनिकले यसमा न्यू जेनेरेशनको एडभान्स सेक्युरिटी फिचर दिएको छ। यसको ब्याट्री स्मार्ट प्रविधिसहित आएको छ। कम्पनीका अनुसार यो एक पटकको चार्जमा ४० घण्टासम्म चल्न सक्छ। यस टफबुकको डायमेन्सन ३४५ एमएमx २७२ एमएम x ३२.८ एमएम र तौल २.८ किलोग्राम छ। कम्पनीले यस ल्यापटपको तीन वर्ष ग्यारेन्टी दिएको छ।

  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १४:७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया