रसुवामा टिपर दुर्घटना हुँदा प्रधानाध्यापकसहित २ जनाको मृत्यु
फाइल फोटो

टिपर दुर्घटनामा परी रसुवामा २ जनाको मृत्यु भएको छ । कालिका गाउँपालिका–१ ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख १६८८ नम्बरको टिपर पासाङल्हामु सडकको स्याउबारीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा परी कालिका गाउँपालिका–१ का २७ वर्षीय राजेन्द्र तामाङ र सोही ठाउँका २९ वर्षीय सागर तामाङ को मृत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल धुञ्चेमा आज बिहान मृत्यु भएको हो । 

राजेन्द्र तामाङ स्थानीय आधारभूत विद्यालयका प्रधानाध्यापक रहेको प्रहरीको भनाइ छ । 

दुर्घटनामा परी कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफुर्वा तामाङ घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।   टिपर एक्कासी अनियन्त्रित भएर दुर्घटना भएको र   थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार ८:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया