गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि त्यसअघि नै प्रदेश सरकारले अधिवेशन अन्त्य गरेको छ ।
। बुधबार बेलुकी बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गरेको हो ।
चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका थिए । मुख्यमन्त्रीविरुद्ध जनमोर्चासहित कांग्रेस, माओवादी, जसपाले आज संयुक्तरुपमा अविश्वासको प्रस्ताव प्रदेशसभामा लैजाने तयारी गरेका थिए ।
त्यसअघि नै अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुख कार्यालयमा बिहानै दर्ता भएको छ । बिहान साढे १० बजे नै दर्ता भएको बताइएको छ ।
संविधानको धारा १८३ बमोजिम संसद् अन्त्य गरिएको जानकारी गराइएको छ । मुख्यमन्त्री गुरुङलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो । तर ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर काँग्रेसलाई नै नयाँ सरकार बनाउन सघाउने नीति लिएसँगै मुख्यमन्त्री राईको नेतृत्वको सरकार संकटमा परेको थियो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् भने काँग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद रहेका छन् । अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत संख्याको हस्ताक्षर भए पुग्छ । यस्तै नयाँ सरकार बनाउन ३१ सांसदको जरुरी हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।