गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरूद्ध अविश्‍वास प्रस्ताव दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

उनीहरुले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका छन्।

यसैबीच गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य भइसकेको छ। मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि त्यसअघि नै प्रदेश सरकारले अधिवेशन अन्त्य गरिएको हो। 

बुधबार बेलुकी बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गरेको हो ।  चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका थिए । मुख्यमन्त्रीविरुद्ध जनमोर्चासहित कांग्रेस, माओवादी, जसपाले आज संयुक्तरुपमा अविश्वासको प्रस्ताव प्रदेशसभामा लैजाने तयारी गरेका थिए । 

त्यसअघि नै अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुख कार्यालयमा बिहानै दर्ता भएको छ । बिहान साढे १० बजे नै दर्ता भएको बताइएको छ । तर कांग्रेससहितका दलले गुरुङविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव हालेका हुन्। 

मुख्यमन्त्री गुरुङलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो । तर ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर कांग्रेसलाई नै नयाँ सरकार बनाउन सघाउने निर्णय अध्यक्ष चित्रबहादुर केसीले लिएका थिए। 





  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार १४:९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया