अग्ला र लामा झोलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यही माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालिले रिसोर्टसहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काई ब्रिजको निर्माण सुरु गरेको छ।
एकैपटकमा दुई अलग लाइनमा सुपरम्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीकाअध्यक्ष विदुर पौडेलले बताए।
‘कुश्माको चाक्लेडिलबाट सुरुहुने जिपलाइनले २ पटक कालीगण्डकी नदी क्रस गर्ने हुँदा थप एड्भेन्चर हुन्छ,’ पौडेलले थपे रिसोर्टमा जिपलाइनको ल्याण्डिङ हुने भएकोले थप रोमाञ्चक हुनेछ।’
११ करोड लागानी आकलन गरिएको परियोजनामा वैशाखभित्र जिपलाइन सुरु गरिने र दोस्रो चरणमा एकैपटकमा चारजना खेल्न मिल्ने हाइड्रोलिक पिङ, ह्युमन स्लिङसट, सिसाको स्काई ब्रिज र स्विमिङ पुलसहितको रिसोर्ट निर्माण गरिने कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए।
करिब ७० जनाको आवासीय क्षमताको बन्ने रिसोर्ट आगामी दसैँसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बस्नेतले बताए। कम्पनीले कालीगण्डकी नदीमा र्याफ्टिङ समेत सञ्चालन गर्ने योजना बनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।