दराजमा अर्डर गरेको स्पिकर, ल्याइदियो महिलाको भित्री बस्त्र ब्रा

काठमाडौं : नेपालकै चर्चित इकमर्स कम्पनी दराजले स्पिकर अर्डर गरेका एकजना ग्राहकलाई महिलाको भित्री बस्त्र 'ब्रा' डेलिभर गरिदिएको छ। पर्चेज कोड २०२२१४२२७१५२०९८ मार्फत उनले स्पिकर खरिद गरेका थिए।

दराजका एकजना ग्राहक ग्लोबल मुन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक कृष्ण आचार्यले फेनटेक गेमिङ स्पिकर एक हजार ६६ रुपैयाँमा अर्डर खरिदका लागि अनलाइन अर्डर गरेका थिए। तर उनलाई दराजका प्रतिनिधिले महिलाले लगाउने भित्री बस्त्र ब्रा उपलब्ध गराएको हो।

आचार्यले स्पिकर अर्डर गर्दा आफूलाई दिइएको ब्रासहितको फोटो बुधबार सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उनले उक्त सामान फिर्ता लैजान भन्दा डेलिभर ब्वाइले नमानेको बताए। उनले आफूले स्पिकर अर्डर गरेको बताउँदै ब्रा फिर्ता लैजान भनेका थिए। तर दराजका डेलिभर ब्वाइले कम्पनीबाटै उक्त सामान पठाएकाले फिर्ता लान नसक्ने भन्दै पन्छिएको आचार्यले बताए। 

आफूले अर्डर नै नगरेको सामान आएपछि दराजको फेसबुक पेजमार्फत खबर पठाउँदा पनि कुनै जवाफ नदिएको आचार्यले बताएका छन्। उनले यसअघि पनि इकमर्सबाट सामान किन्‍ने गरेको बताए। उनले यसअघि अर्डर गरेको सामान नै नपाएपछि रकम फिर्ता मागिएको बताए। तर पहिलो पटक एउटा सामान अर्डर गर्दा अर्को सामान ल्याइदिएको उनले जानकारी दिए।

एउटा सामानको ठाउँमा अर्को सामान पठाएको बारेमा दराजले आधिकारिक केही बोलेको छैन। उसका प्रतिनिधिले यसबारेमा छानबिन भइरहेको जानकारी दिएका छन्। उसले पर्चेज कोडमा गडबडी भएको भए पत्ता लगाउने जनाएको छ। 

दराज एपबाट स्पिकर अडर गरेको महिलाले लगाउने ब्रा ल्याईदिसियो । म के गरु?

Posted by Krishna Acharya on Thursday, April 15, 2021




  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार २०:२७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया