मुख्यमन्त्री गुरुङकाे टिप्पणी : काठमाडौंमा रिस उठेको बिरालोले पोखरामा खाँबो चिथोर्दै छ

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रको राजनीति प्रदेशमा नगर्न चेतावनी दिएका छन् ।

बिहीबार आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले केपी ओलीलाई सरकारबाट हटाउन नसकेको रिस पोखरामा पोखेको बताएका छन् ।

आफू केपी ओलीनिकट भएकै कारण हटाउन खोजिएको भन्दै उनले भने, ‘काठमाडौंमा रिस उठेको बिरालोले पोखरामा खाँबो चिथोर्छ । केन्द्रको राजनीति यता नगरौँ । हटाउने भए संघीय सरकार नै हटाए भयो त ।
 
मुख्यमन्त्री गुरुङविरुद्ध बिहीबार नेपाली कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यही विषयमा उनले कडा टिप्पणी दिएका हुन् । 





  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार २०:४६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया