आइतबारदेखि बन्द हुनसक्छन् काठमाडौंका विद्यालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न अनुरोध गरिरहेको समयमा काठमाडौंका विद्यालयहरु आइतबारदेखि बन्द हुने तयारी सुरु भएको छ । 

यो जानकारी शुक्रबार दिन सकिने बताइएको छ ।

कोभिड १९ का कारण अतिप्रभावित १४ जिल्लामध्ये एक काठमाडौं पनि हो । स्वास्थ्य मन्त्रालयले आज मात्रै विज्ञप्ति निकाल्दै अति प्रभावित जिल्लामा विद्यालयहरु बन्द गर्नु पर्ने सुझाव दिएको थियो ।

अभिभावक संघले पनि विद्यालय बन्द गर्नु पर्ने आवाज उठाउँदै आएका छन् ।

शिक्षा मन्त्रालयले पनि विद्यालय बन्द गर्न पर्ने विषयमा सिसिएमसीमा आफ्नो समीक्षा पठाएको बुझिएको छ ।





  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार २१:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया