कर्णालीको मुख्यमन्त्रीमा शाहीको अग्निपरीक्षा आज
फाइल तस्बिर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको सातौँ अधिवेशन अन्तर्गत आजको बैठकमा शाहीले विश्वासको मत लिन लागेका हुन् । 

कर्णाली प्रदेशसभाको बैठक आज दिउँसो २ बजेका लागि डाकिएको छ । आजको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने पूर्वनिर्धारित कार्यतालिका रहेको छ ।

सत्ता गठबन्धनका बेला सरकारलाई समर्थन दिएको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाहीले विश्वासको मत लिनुपर्ने भएको हो । एमालेले गत चैत ५ गते समर्थन फिर्ता लिएको थियो । 

कर्णाली प्रदेशसभामा ३९ जना सांसद रहेका छन् । जसमा एमालेका २०, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । 

वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ । यो अवस्थामा एमालेका सांसदको मत पाएमात्र मुख्यमन्त्री जोगिने छन् ।





  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार ९:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया