काठमाडौंमा विद्यालय सञ्चालन गर्न अभिभावकको सहमति आवश्यक

काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयका कुनैपनि विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भए कम्तिमा एक हप्ताका लागि विद्यालय बन्द गर्नका लागि निर्देशन दिएको छ । 

महानगरपालिका प्रमुख स्तरको निर्णयमार्फत कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तिमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउन निर्देशन दिएको छ । 

विद्यालयमा कोरोना संक्रमण नदेखिएको अवस्थामा पनि विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गराउनका लागि पनि भनेको छ । यस्तै साबुन पानीले राम्रोसँग हात धुने÷ सेनिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गराउन भनेको छ । 

महानगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्डहरूको कडाइका साथ पालना गरी अभिभावकहरु समेतको सहमतिमा विद्यालय सञ्चालन गर्न तथा गराउन पनि भनेको छ । 





  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार १२:३०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया