नयाँ वर्षको प्रारम्भसँगै सुनको मूल्य बढ्दै : एक सातामा प्रतितोला ६ सय वृद्धि
शुक्रबार प्रतितोला ९० हजार ५ सय

नयाँ वर्षको प्रारम्भसँग सुनको मूल्य उकालो लागेको छ । वैशाख महिना बिहेको सिजन पनि हो । अघिल्लो दिनको भन्दा तोलामा ७ सय रुपैयाँ बढ्दा शुक्रबारका लागि सुनको बजार मूल्य ९० हजार ५ सय रुपैयाँ भएको छ।

गत साताको शुक्रबार सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँ थियो । आइतबार ३ सयले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँ भएको थियो । सोमबार तोलामा १ सय रुपैयाँले बढेको सुन मंगलबार पुनः तोलामा एक सय रुपैयाँले घटेको थियो । बुधबार ३ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य एक सातामा तोलामा ६ सय रूपैयाँले वृद्धि भएको छ।

चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबारका तुलना १० रुपैयाँ बढेर शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय भएको छ। गत शुक्रबार प्रतितोला १ हजार २८० रुपैयाँ थियो।

गत आइतबार ५ रुपैयाँ घट्दा प्रतितोला १ हजार २७५ रुपैयाँ भएको थियो । सोमबार उक्त मूल्यमा स्थिर रहेको चाँदी मंगलबार पुनः तोलामा १० रुपैयाँ घटेको थियो। बुधबार घट्ने ब्रेक लाग्दै तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो । एक सातामा चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ।

शुक्रबारका लागि अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार १३:५७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया