नेपालगन्जमा परीक्षण गरिएका ७० देखि १०० प्रतिशतलाई कोरोना

छिमेकी देश भारत कोरोनाको दोस्रा लहरले आक्रान्त भइरहेका बेला नेपालमा पनि कोरोनाले उग्ररूप लिन सुरु गरेको छ । अहिले कोरोना संक्रमणको डरलाग्दो अवस्था देखिएको सहर मध्ये बाँकेको नेपालगन्ज रहेको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा पिसिआर परीक्षण गराएकामा उच्च संख्यामा संक्रमण पुष्टि भएको छ । 

भेरी अस्पतालमा बिहीबार नमुना लिएर पिसिआर परीक्षण गरिएकामा करिब ७० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । बिहीबार १८३ जनाको नमुना लिएर परीक्षण गरिएकोमा शुक्रबार आएको रिपोर्टमा १२७ जनामा कोभिड–१९ पोजेटिभ देखिएको भेरी अस्पतालका कोरोना फोकल पर्सन डा. संकेत रिसालले दिए ।

नेपालगन्जमा भएका अन्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि शत प्रतिशतसम्म नतिजा पाजेटिभ देखिएको डा. रिसालले बताए । 

उनका अनुसार भेरी अस्पतालका सबै कोभिड आइसोलेसनहरु संक्रमित बिरामीले भरिएका छन् । 





  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार १४:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया