कर्णालीका मुख्यमन्त्रीले सदनमा मागे विश्ववासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सदनमा विश्वासको मत राखेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन्।

सदनलाई सम्बोधन गर्दै उनले आफ्नो तीन वर्षे कार्यकालमा कर्णालीको विकासका लागि अनेकौँ काम गरेको व्याख्या गर्दै फेरि पनि समर्थन गरिदिएर अघि बढ्न दलहरूलाई आह्वान गरे। 

मुख्यमन्त्री शाहीलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएपछि शाही अल्पमतमा परेका थिए। शाहीलाई नेपाली कांग्रेस र राप्रपाले समर्थन नगरेको अवस्थामा उनी नेतृत्वको प्रदेश सरकार ढल्ने पक्का भएको छ।

आफ्ना १२ जना सांसद, कांग्रेसका ६ जना र राप्रपाका एकजना सांसदले सघाउँदा पनि शाहीको सरकार जोगिँदैन। कम्तीमा २० जना सांसदको साथ जुटाउन शाहीको पक्षमा एमालेको माधव नेपाल पक्षका सांसदहरुले पनि फ्लोर क्रस गर्नुपर्ने हुन्छ।





  • प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार १६:२३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया